भागीरथीको बलात्कारपछि हत्या भएको पुष्टि
काठमाडौं, माघ २६ । बैतडीको दोगडाकेदार नगरपालिका-७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । भट्टको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको हो ।
घटनास्थलबाट बरामद गरिएका विभिन्न सबुत प्रमाणका आधारमा थप अनुसन्धान जारी रहेको उनको भनाइ छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टका आधारमा भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको प्रहरीले जनाएको छ ।
भट्टको घाँटीमा, यौनाङ्गमा घाउ रहेको प्रहरीले जनाएको छ । उनको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्