सरकारले असंवैधानिक तवरले गरेको संबैधानिक नियुक्ति खारेज गर्नुपर्छ : कल्पना पाण्डे

काठमाडौं । ओली सरकारले चालेको असंवैधानिक कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले शुक्रबार रुपन्देहीमा बृहत प्रदर्शन गरेको छ । ओली सरकार विरुद्ध चर्को नाराबाजी गर्दै असंबैधानिक कदम खारेजको माग गर्दै जसपाले बिरोध प्रदर्शन गरेको हो ।

संसद विघटन गरेसँगै ओली विरुद्ध देशभर प्रदर्शन भइरहेको छ । कार्यक्रमलाइ सम्बोधन गर्दै सासंद कल्पना पाण्डेले ओली सरकारले गरेको असम्बैधानिक कदम नसच्याए देशभर प्रदर्शन गर्ने बताउनु भएको छ । उनले संबिधान सम्सोधन गरेर सिमान्तिकृत जनताको अधिकार संबिधानमा संरक्षित नगरेसम्म आन्दोलन नरोकिने बताउनु भयो ।

पाण्डेले भन्नुभयो- यो सरकारले आफ्नो औचित्य गुमाईसकेको छ , यो सरकार कामचलाउ बनिसकेको छ , यसले जुनप्रकारले धमाधम संबैधानिक निकायमा नियुक्ति गरेको छ त्यो आफैमा कानुनको खिलापमा छ , गैरकानुनी छ , वर्तमान सरकारको नेतृत्व गर्ने केपि ओली असक्षम भैसकेका छन , उनले जुन तर्क गरिरहेका छन् त्यो तर्क आफैमा हाँस्यास्पद छ , काम गर्न पाईन , यो सरकारलाई काम गर्न कस्ले रोकेको छ,  नाच्न नजान्ने आँगन टेढो भने जस्तो यो सरकारलाई एतिहासिक अवसर आएको थियो ।

नेकपाको राष्ट्रपति, उपराष्टपति, सभामुख सहित धन्नै दुई तिहाईको यो सरकार, सात प्रदेश मध्ये छ प्रदेश मा दुईतिहाईको प्रदेश सरकार हुँदा पनि आफै आफैमा झगडा गरेर जनतामा रमिता देखाउने अनि काम गर्न नसक्ने अनि फेरि अरूकाको थाप्लोमा दोषारोपण गरेर पानी माथिको ओभानो बन्न खोज्ने यस्तो इतिहासमै असक्षम सरकारलाई आन्दोलनको राप र तापले छिटोभन्दा छिटो बिस्थापित गर्न सबै दललाई आह्वान गर्न चाहन्छु भन्नू भयो ।

कार्यक्रम आफ्नो पार्टीको रहेको र संविधानले प्रदान नगरेको अधिकार प्रयोग गरि संसद बिघटन तथा संबैधानिक निकायमा पधाधिकारी नियुक्ति गरि शपथ गरायाकोमा राष्ट्रिय समाजबादी पार्टीको घोर आपत्ति प्रकट गर्दछ उनले भन्नुभयो ।

बिरोध कार्यक्रको अध्यक्षता अध्यक्ष द्वय राम अवतार यादव र अजय बर्माले गर्नु भएको थियो भने उक्त्त कार्यक्रमको संचालन जिल्ला सचिव शोमनाथ शर्माले गर्नु भएको थियो।

कार्यक्रममा केन्द्रिय सदस्य किस्मत बि क, देवेन्द्र पाण्डे सागर, निलम कुमारी यादव, राजेन्द्र गुप्ता, माननीय सन्तोष पाण्डेय माननीय कल्पना पाण्डेले मन्तव्य राख्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्