सभाहल उद्घाटन: मन्त्री श्रेष्ठ भन्छन् -राजनीतिक स्थिरताका लागि निर्वाचन आवश्यक
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहलको उद्घाटन गरिएको छ । उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न निर्वाचनमा जानु परेको बताएका छन् ।निर्वाचनका माध्यमबाट ताजा जनादेश लिएर देशमा स्थायित्व कायम गर्न राजनीतिक दललाई उनले आग्रह समेत गरे ।
निर्धारित समयमा चुनाव हुन नसकेमा देश सङ्कटको भुमरीमा पर्ने बताउँदै मन्त्री श्रेष्ठले देश र जनताका पक्षमा क्रियाशील सरकारलाई घेराबन्दी गरिएका कारण समस्या आएको विचार व्यक्त गरे ।
प्रदेशसभा सदस्य डा अजयक्रान्ति शाक्यले स्थानीय विकास र समृद्धिका लागि सामूहिक सहभागिताको खाँचो रहेको बताए ।
नेपाली काँग्रेस निकट मजदुर संगठन ट्रेड यूनियन काँग्रेसका कोषाध्यक्ष तथा कुमारी क्लबका पुर्व अध्यक्ष मोहन कुमार बस्नेतले प्रधानमन्त्रीले संसद विघटन गरेर ‘कु ‘गरेको हुँदा संसद पुनस्र्थापना गरेर देशलाई सहि दिशामा लैजानु पर्ने बताए ।
समाजसेवि समेत रहेका बस्नेतले सबै तह र तप्काका व्यक्तिहरुको सहयोगमा मन्दिर निमार्ण भएकोे बताए ।
यस्तै कुमारी क्लबका अध्यक्ष तथा मन्दिर निर्माण समितिका संयोजक नकुल हमाल ठकुरीले समााजका प्रबुद्धहरुबाट निर्माण सम्पन्न भएकोमा खुसि व्यक्त गर्दै व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।
२६ लाख रुपैयाको लागतमा मन्दिर निर्माण समपन्न भएको जागरण न्युजलाई उनले जनाकारी दिए ।
















प्रतिक्रिया दिनुहोस्