सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ , माघ २५ । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

आज छापावाला सुनको मुल्य तोलामा ६ सयले बढेर प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ९० हजारमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार १५० रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १३ सय १० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्