भोलिबाट दोस्रो चरणको खोप अभियान सुरु हुँदै

काठमाडौँ, माघ २५ । पहिलो चरणको खोप अभियान सम्पन्न भएसँगै अब दोस्रो चरणको कोरोनाविरूद्धको खोप अभियान सुरु हुने भएको छ ।

यो अभियान भोलि(सोमवार)देखि सुरू हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले दोस्रो चरणमा पत्रकार र कूटनीतिक नियोगका कर्मचारीहरुलाई खोप लगाउने भएको छ ।

उपत्यकाका चार अस्पतालबाट भन्डै १९ हजार कुटनीतिक नियोग र सयुक्त राष्ट्र संघलगायत पत्रकारलाई कोरोना खोप दिइने भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

टिचिङ अस्पताल, गंगालाल हृदयरोग, पाटन अस्पताल र सिभिल अस्पतालबाट क्रमशः कूटनीतिक नियोगका कर्मचारी, संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारहरुलाई खोप लगाउने व्यबस्था मिलाइएको छ ।

पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९०)विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्