आइपिएल अक्सनमा नेपालका ८ खेलाडीको नाम सिफारिस, को -को परे ?
काठमाडौँ, माघ २३ । इण्डियन प्रिमियर लिग (आइपिएल) को फेब्रुअरी १८ मा भारतको चेन्नईमा हुने खेलाडी अक्सनमा ८ नेपाली खेलाडी सुचिकृत भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान० ले आइपिएल अक्सनका लागि ८ नेपाली खेलाडी सुचिकृत भएको जानकारी दिएको छ ।
आइपिएल अक्सनका लागि सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेस्वाकर, अविनाश बोहोरा र दीपेन्द्र सिंह ऐरी सुचिकृत भएका छन् ।
आइपिएल अक्सनका लागि कुल १०९७ खेलाडी सुचिकृत भएको आइपिएल गभर्निंग काउन्सिलले जानकारी दिएको छ । जसमा ८१४ भारतीय खेलाडी रहेका छन् बहने २८३ विदेशी खेलाडी रहेका छन् ।
विदेशबाट अक्सनमा सुचिकृत हुने खेलाडीहरुमा वेस्टइन्डिजबाट ५६, अस्ट्रेलियाबाट ४२, दक्षिण अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१, अफगानिस्तानबाट ३०, न्यूजील्याण्डबाट २१ खेलाडी रजिस्टर भएका छन् ।
नेपालबाट अहिलेसम्म सन्दीप लामिछाने मात्र आइपिएल खेलेका छन् । तीन सिजन दिल्ली क्यापिटलबाट खेलेका सन्दीपलाई यस सिजनमा दिल्लीले रिलिज गरेपछि उनी पनि अक्सनमा गएका हुन् ।
प्रतिक्रिया दिनुहोस्