ओली समुहको बृहत् आमसभा सम्पन्न, हेरौं केहि तस्बिर

काठमाडौं, माघ २३ । प्रधानमन्त्री ओली समुहले आज काठमाडौंमा बृहत् आमसभाको आयोजना गरेको छ ।   सभामा जनसागर नै उर्लिएको तस्बिरमा हामी देख्न सक्छौ । आमसभा सुरु हुनुभन्दा पहिला काठमाडौंका १६ स्थानबाट जुलुस निकालीएको थियो ।

बागमती प्रदेश कमिटीले आयोजना कार्यक्रममा जनसभा गर्नुअघि राजधानीका गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको थियो।

सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले सम्बोधन गरेका थिए। जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको थियो। हेरौ केहि तस्बिर:

 

प्रतिक्रिया दिनुहोस्