नबिल बैंक र उपाय सर्भिसेसबीच सम्झौता

काठमाडौँ , माघ २३ । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र उपाय सर्भिसेसबीच सम्झौता भएको छ । बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने उदेश्यले सम्झौता भएको हो ।

निरज कुमार बस्नेत (डनिल), प्रमुख एसएमई तथा लघुबित्त, नबिल बैंक र राजु केसी, महाप्रबन्धक, उपाय सर्भिसेसले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता सँगै अब बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन् । यसबाहेक, उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्कता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपल्ब्द गराउनेछ ।

साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एसएमई तथा लघुबित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल) ले भने, नबिल बैंक लघु, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुचमा बृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको छ ।

बैंकका १०० भन्दा बढी ग्राहकहरू उपाय सर्भिसेसबाट आजसम्म सेवाहरू उपयोग गरेर लाभान्वित भएका छन् । आफ्नो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सन्जाल मार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको छ ।

उपाय सर्भिसेज लिमिटेड कानुन, वित्तिय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यवसायिक व्यक्तिहरुद्वारा सञ्चालित एक डिजिटल प्लेटफर्म हो । यस अन्तर्गत नयाँ कम्पनी दर्ता, कम्पनी खारेजी, लेखासँग सम्बन्धित सेवाहरु, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसंग सम्बन्धित सेवा, भु–सेवाले प्रदान गर्ने सेवा लगायतका विविध सेवाहरु प्रदान गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्