राजतन्त्र पुनर्स्थापना हुनै सक्दैन, यो सपना नदेखे हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं ,माघ २३ । कतिपले प्रधानमन्त्री राजतन्त्रको पक्षमा रहको आंशका गरेका थिए । उनले राजतन्त्र पुनस्थार्पना गर्छन कि भन्ने धेरैमा आंशका थियो ।

जब प्रधानमन्त्री ओली पशुपतिमा पुगे तब आमजनमासमा यस्तो शंका उत्पन्न सिर्जना भएको थियो तर आज प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनर्स्थापना हुनै नसक्ने बताएका छन् । नारायणहिटीअगाडि आयोजित बृहत जनसभालाई सम्बोधन गदै ओलीले यस्तो बताएका हुन् ।

सम्बोधन गर्दै उनले भने, “आज बिहानसम्म पनि भन्दै थिए, ओलीले राजतन्त्र फर्काएको घोषणा गर्छ रे । लोकतन्त्रका लागि आधा दशकभन्दा बढि समय प्रजतन्त्रका लागि जुन केपी ओली लड्यो, उसैले राजतन्त्र फर्केको घोषणा गर्छ रे । यो संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले समाप्त पार्न सक्दैन । कार्यान्वयन गरेर अगाडि जान्छ । यो प्रणालीले विकासमा वाधा दिएको छैन ।”

नेपालको संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले समाप्त पार्न नसक्ने पनि उनले ठोकुवा गरे । आधा शताब्दी राजतन्त्रविरुद्ध लडेको भन्दै उनले आफूबाट राजतन्त्र पुनर्स्थापन हुनै नसक्ने औंल्याए ।

साथै उनले अब देश चुनावमा गइसकेको र सबै फैसला चुनावले मात्रै गर्ने बताए । काम गर्न नदिइएपछि संसद् विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर समेत ओलीले गरे ।

प्रतिक्रिया दिनुहोस्