संविधानमाथि एकपछि अर्को प्रहार भयो , संसद् बैठक बोलाउन छलफल गर्दैछु : सभामुख सापकोटा
काठमाडौं, २३ माघ । प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले संविधानमाथि एकपछि अर्को गर्दै प्रहार भइरहेको बताएका छन् ।
यसरी संविधानमाथि एकपछि अर्को प्रहार भइरदा राज्य संयन्त्रका नेतृत्वबाटै श्रृङ्खलाबद्ध रुपमा संविधानको उल्लङ्घन भइरहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको पनि उनले बताएका छन् ।
संविधानको मर्म र भावना विपरित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने, सोही अध्यादेश अनुसार अनधिकृत रुपमा बैठक बसी पदाधिकारी सिफारिस गर्ने, प्रतिनिधिसभा विघटन गर्ने र संसदीय सुनुवाई वेगर संवैधानिक आयोगहरुमा पदाधिकारीको नियुक्ति गर्ने लगायतका काम कारवाही गरेर संविधानमाथि एकपछि अर्को प्रहार भएको उनको भनाइ रहेको थियो ।
गत बैशाख ८ गते जारी गरिएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसको विरोध हुँदा पछि फिर्ता लिएको थियो । तर पुनः मंसिर ३० गते त्यसैलाई पुनरावृति गरी असंवैधानिक तरिकाले अध्यादेश जारी गरेका उनले बताए ।
साथै सभामुख सापकोटाले पत्रकार सम्मेलन आयोजना गरी अध्यक्षदेशमा टकेर सोही दिन ११ वटा संवैधानिक निकायमा नियुक्तिको लागि सिफारिस गरी संसदीय सुनुवाइ गर्नुपर्ने भन्दै लेखिएको पत्र पुस ५ गते प्राप्त भएको पनि उनले बताए । साथै उनले संसद् बैठक बोलाउन छलफल गरिरहको पनि जनाकारी गराए ।















प्रतिक्रिया दिनुहोस्