आमहड्तालमा क्षति पुर्‍याइएका सवारीसाधनको क्षतिपूर्ति सरकारले दिन्छ: ईश्वर पोखरेल

काठमाडौं , माघ २३ । उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका सचिवालय सदस्य इश्वर पोखरेलले नेकपाको आधिकारिकता प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्‍व गरेको नेकपाले नै पाउने दाबी गरेका छन् ।

शुक्रबार समूहले नारायणहिटी दरबार संग्रहालयअगाडि गरेको वृहद् सभालाई सम्बोधन गर्दै नेता पोख्रेलले सूर्य चिन्‍ह पनि आफ्नै समूहले पाउने दाबी गरे ।

‘आधिकारिक कुन पार्टी हो रु आधिकारिकता कुन पार्टीले पाउँछ रु अहिले यो प्रश्‍न उठिरहेको छ,’ उनले भने, ‘म भन्‍न चाहन्छु कमरेड केपी ओलीले नेतृत्व गरेको नेकपाको आधिकारिकतालाई कसैले तोड्न सक्दैन । यही आधिकारिक हुनेछ । सूर्य चिन्ह पनि ओलीले नेतृत्व गरेको नेकपाले पाउनेछ । यसमा कतै दुविधा नराख्नु होला । हाम्रो सूर्य चिन्ह लिएर हामी जाता जनादेशमा जानेछौं ।’

उनले जनताको स्थायित्वको चाहनालाई समाप्त पार्ने तत्व सक्रिय रहेको दाबी समेत गरे । उनले दाहाल–नेपाल समूहले गरेको आम हड्तालको पनि विरोध गरे । दाहाल–नेपाल समूहले गरेको आम हड्ताका क्रममा भएका विभिन्‍न क्षतिको सरकारले क्षतिपूर्ति दिने समेत उनले बताए ।

आमहड्ताल भनेर नेपाल बन्द गराउने कुरा जनविरोधी भएको उल्लेख गर्दै जनतालाई दुस्ख दिने गलत कदमको भर्त्सना र निन्दा गर्न चाहेको बताएका छन् । उनले आफूहरुको लडाइँ अराजकता तथा मुलुकलाई आर्थिक समृद्धि र विकासमा लैजान नचाहनेविरुद्ध रहेको पनि प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्