विप्लवसँग वार्ता गर्ने भए प्रतिबन्ध हटाउन पर्छ, यसमा हाम्रो पनि समर्थन रहन्छ : प्रचण्ड

माघ २३, काठमाण्डौ । पछिल्लो समय सरकारले प्रतिबन्धित समुह विप्लवसँग वाता गर्न सुरु गरेको छ । यसैबीच नेकपा प्रचण्ड माधव समूहले विप्लव समूहसँग वार्ता गर्ने भए सरकारले प्रतिबन्ध हटाउनुपर्ने बताएको छ ।

शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्ड साधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो बताएका हुन् । उनले विप्लव वार्तामा आए आफूहरुको समर्थन रहने बताए ।हिजो पनि आफूहरु विप्लवहरुलाई प्रतिबन्ध लगाउनुभन्दा मुल धारमा ल्याउन सके राम्रो भन्ने पक्षमा रहेको बताउँदै उनले यसमा प्रधानमन्त्रीले बाधा पुगाएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा छलफल नै नगरी विप्लवलाई प्रतिबन्ध लगाएको उनको भनाइ रहेको थियो ।प्रचण्डले अघि भने, ‘इमान्दारितापूवर्क वार्तामा ल्याउन चोहेका भए प्रतिबन्ध हठाउनु पर्ने र उहाँहरु आउने हो भने आफुहरुको पनि साथ र समर्थन रहनेमा उनले जाड दिए ।

यता सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्टार र नेपाल बार एसोशिएसनका अध्यक्षको रोहबारमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले आज थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

‘स्पष्ट आधार र कारण विनाप्रवृत्त भावनाले निवेदकलाई केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र पक्राउ गर्ने र अनुसन्धानका क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नभएबाट निजलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ’, आदेशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्