गृहमन्त्री थापाको चेतावनी – मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा कोचिन्छ
काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्नलाई जावलाखेलको चिडियाखानामा लगेर बन्द गर्नै चेतावनी दिएका छन्।
ओली समूहले शुक्रबार राजधानीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो चेतावनी दिएका हुन् ।
उनले नेपालको संविधानले मांसाहारी आन्दोलनलाई अपराध घोषणा गरेको बताए। साथै गृहमन्त्री थापा बादलले सत्ताको विरुद्धमा विभिन्न आन्दोलन भएपनि नेतृत्व नझुक्ने बताए ।
साथै उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन विभिन्न शक्ति परिचालित भएको बताए । मांसहारी आन्दोलनको तयारी गरिरहेका बताउँदै उनले कुनै पनि हालतमा नेतृत्व नझुक्ने दाबि गरे ।
राजनीतिको केन्द्रीय नेतृत्वलाई विस्थापित गर्न खोजेका कारण अहिलेको परिस्थिति सिर्जना भएको उनको भनाइ रहेको थियो ।
राष्ट्रपति, सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र पार्टी नेतृत्व गर्ने पार्टी अध्यक्षलाई अपदस्थ गर्ने षडयन्त्र भएको उनले बताए । यहि कारण अहिलेको परिस्थिति सिर्जना भएको उनको टिप्पणी थियो ।















प्रतिक्रिया दिनुहोस्