ओली समूहको आमसभा सुरु
काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आमसभा सुरु भएको छ।
जुलुस निकाली सकिएपछि आमसभा सुरु भएको हो । शुक्रबार दिउँसो नारायणहिटी दरबारमार्ग सुरु भएको आमसभाअघि नेकपाले उपत्यकाका गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघर लगायतका १६ स्थानबाट जुलुस निकालेको थियो। जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको हो।
सभामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गहमन्त्री रामबहादुर थापा र स्थायी समिति सदस्य सत्यनारायण मण्डलले सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली कार्यक्रमस्थल पुगी सकेका छन् । यसरी ओली कार्यक्रमस्थल पुग्दा उनको जयजयकार गरिएको थियो।
प्रधनामन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित अवस्थामा पगेको छ। पार्टी र संसदमा अल्पमतमा परेपछि ओलीले आफूलाई जनताको समर्थन रहेको देखाउन राजधानीमा पहिलोपटक बृहत सभा गरेको हो।
यस सभामा सभामा बागमती प्रदेशका १३ जिल्लाका नेता कार्यकर्ता तथा देशभरका नेता कार्यकर्ताको सहभागीता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्