संबैधानिक आयोगका नियुक्ति बदरको माग गर्दै सभामुख सापकोटाद्वारा सर्वोच्चमा रिट

काठमाडौँ , माघ २३ । संवैधानिक परिषद्द्वारा विभिन्न संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै सभामुख अग्नी सापकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

संसदीय सुनुवाइविना नियुक्ति गर्नु अवैधानिक रहेको भन्दै सापकोटाले राष्ट्रपति, प्रधानमन्त्रीसहित ३९ लाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् । रिटमाथिको सुनुवाइ आइतबार हुनेछ ।

सभामुख सापकोटाले संबैधानिक आयोगका नियुक्ति र शपथ बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्