आन्दोलनकारीबाट भाग्न खोज्दा मोटरसाइकलले बालकलाई दियो ठक्कर
काठमाडौं, माघ २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले गरेको आमहड्तालले आज देशभरको जनजिवन प्रभावित भयो, ठाउँ ठाउँमा तोडफोड पनि भए भने आगजनी पनि गरियो , उता जनकपुरमा प्रहरीले गोली समेत चलाउन पर्यो । केहि घाइते पनि भएका छन् ।
यसैबीच यो समुहले गरेको आमहड्तालमा सहभागी प्रदर्शनकारीबाट भाग्न खोज्दा मोटरसाइकलको ठक्करबाट १ बालक घाइते भएका छन ।सुर्खेतको वीरेन्द्रनगर जुम्ला रोडको सत्कार होटल अगाडी मोटरसाइकलले ठक्कर दिँदा ती बालक घाइते भएका हुन् ।
बन्दको अवज्ञा गरी मोटरसाइकल चलाएका ती व्यक्ति आन्दोलनकारीबाट भाग्न खोज्दा उनले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बालक घाइते भएका छन् । उनको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ।
प्रदेश नम्बर ०३–०२–११ प ७७८५ नम्बर मोटरसाइकलले अन्दाजी १० वर्षको बालकलाई ठक्कर दिएको हो।
प्रतिक्रिया दिनुहोस्