प्रचण्ड- नेपाल समुहको बन्दः जनकपुरमा २७ राउण्ड गोली चल्यो, ११ जना पक्राउ

काठमाडौं , माघ २२ । प्रचण्ड–नेपाल समूहको आमहड्तालले गर्दा यति बेला जनकपुर तनावग्रस्त बनेको छ ।

नेकपा नेता रामचन्द्र झा र मातृका यादव नेतृत्वको टोलीले जवरजस्ती पसल बन्द गराउँन खोजेपछि व्यापारी र आन्दोलनकारी समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो । प्रहरीले २७ राउण्ड हवाई फायर गरेको छ ।

आन्दोलनकारीले प्रहरीमाथि समेत ढुङ्गामुडा गरेका थिए । यसपछि प्रहरीले हवाई फायर र १२ राउण्ड आश्रुग्यास प्रहार गरेको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

झडपमा २ प्रहरी र नेता रामचन्द्र झा घाइते भएका छन् । ११ जनालाई नियन्त्रणमा लिइएको डीआईजी सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्