प्रचण्ड दाहालको आम हड्तालकै बेला काठमाडौँमा ओली पक्षको मार्चपास
काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षले आज काठमाडौँमा मार्चपास गरेको छ ।
केपी ओली पक्षीय नेकपाका युवा विद्यार्थीले आम हड्तालको विरोध र भोलिको जनप्रदर्शनको प्रचारप्रसार गर्दै काठमाडौंमा मार्चपास गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षको आमहड्तालकै दिन ओली समुहले काठमाडौंमा मार्चपास गरेको हो ।
भोली ओली समुहले बृहत सभाको आयोजना गरेको छ । काठमाडौंमा हुने ओली पक्षको जनप्रदर्शनको तयारी स्वरूप स्वयंसेवकहरूलाई अभिमुखीकरण तालिम दिएपछि रातो टोपी लगाएका युवा विद्यार्थीले सडकमा मार्चपास गरेका हुन् ।
युवा नेताहरू महेश बस्नेत, माधव ढुंगेल, ऐन महरलगायतको नेतृत्वमा प्रदर्शनीमार्गबाट ओली पक्षको जुलुस अघि बढेको थियो । बन्द आह्वानकर्ता र ओली पक्षबीच झडप हुन नदिन सुरक्षाकर्मी पनि तैनाथ गरिएको थियो ।
उनीहरुले नेपाल बन्द होइन बन्दैछ, केपी ओली आइ लभ यू, अघि बढ केपी बा, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, केपी ओली जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।
पुस ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि अहिले नेकपा दुई साुहमा विभापजत भएको छ । एउटा समूहको नेतृत्व प्रचण्ड–नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदम भन्दै प्रचण्ड–नेपाल समूह सडक संघर्षमा छ । यता ओली समूह पनि विभिन्न जनसभाका कार्यक्रम गरिरहेको छ ।















प्रतिक्रिया दिनुहोस्