काँग्रेस केन्द्रीय समिती बैठक बोलाउन वरिष्ठ नेता पौडेलको माग
काठमाडौँ , माघ २२ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समितीको बैठक बोलाउन माग गरेका छन् ।
देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भईरहेका बेला काँग्रेसले आफ्नो धारणा बनाउन केन्द्रीय समितिको बैठक तत्काल बोलाउन सभापति देउवालाई भनेको नेता पौडेलले बताएका छन् ।
नेता पौडेलले संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक नियकायमा भएका असंवैधानिक नियुक्ति त्यसैको पछिल्लो कडी भएको बताउदै काँग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन् – देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भईरहेका छन् । संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक नियकायमा भएका असंवैधानिक नियुक्ती त्यसैको पछिल्लो कडी हो ।
यस्तो अवस्थामा नेपाली काँग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ ।
मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु ।















प्रतिक्रिया दिनुहोस्