प्रचण्ड-नेपाल समूहको बन्द : देशभर सडकमा तोडफोड र अवरोध , १ सय २३ जना पक्राउ (फोटोफिचर)
काठमाडौं, माघ २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले गरेको आमहड्ताल जारी नै रहेको छ । आमहड्तालले जनजिवन प्रभावित भएकोछ भने विभिन्न ठाउँमा तोडफोड तथा आगजनी गरिएको छ । यसैबीच सडकमा अवरोध पुर्याउने १ सय २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
देशभरबाट प्रहरीले एक सय २३ जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताए। सडकमा अवरोध पुर्याउने तथा तोडफोड गर्नेहरूलाई देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको उनले बताए । नियन्त्रणमा लिइएका मध्ये काठमाडौं उपत्यकाबाट मात्रै ७९ जना रहेका छन्।
उनीहरुमध्ये तोडफोड तथा आगजनी गर्नेहरूलाई बाहेक अरूलाई साँझसम्म छाडिने पनि उनले जानकारी दिए ।काठमाडौंमा चार वटा सवारीसाधनमा ढुङ्गा प्रहार भएको छ। त्यस्तै एउटा ट्याक्सीमा आगजनी भएको छ। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
एसएसपी कुँवरका अनुसार देशभर कुल १० वटा सवारीसाधनमा तोडफोड गरिएको छ।त्यस्तै तोडफोड तथा आगजनी गरेकाहरुको पहिचान गरी मुद्धा चलाउने तयारी गरिरहेको एसएसपी कुँवरले बताए।
प्रदर्शनकारीहरू चोकचोकमा आएर धर्ना दिने गरेका छन्। अहिले बिहान जस्तो अवरोध भने भएको छैन । यता उपत्यकामा कम भएको छ । गाडि पाि चल्न थालेका छन् । यो आन्दोल साँझ ६ बजेपछि मात्रै फिर्ता हुने दाहाल नेपाल समुहले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्