अर्थमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता, यस्तो भयो कुराकानी ?

काठमाडौं , माघ २२ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

भेटवार्ता अर्थमन्त्रीको निवासमा भएको हो । उक्त भेटवार्तामा देशको समसामयिक राजानीतिक क्रमको बारेमा कुराकानी भएको छ ।

साथै भारतबाट खरिद गरिने कोरोना भ्याक्सिनको बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ । भारत सरकारले केही दिनअघि १० लाख डोज कोरोना भ्याक्सिन सहयोग गरेको थियो । थप भ्याक्सिन खरिद गर्न नेपालले तयारी थालेको छ । त्यसका विषयमा पनि छलफल भएको बताइएको छ ।

साथै बैशाखमा हुने चुनावको बारेमा पनि उनी उनीहरुका बीचमा कुराकानी भएको बुझीएको छ । यता देशमा राजनीतिमा उथलपुथल आएसँगै अहिले देश आन्दोलनमय बनेको छ । साथै भारतले नेपालमा सञ्चालन गर्ने विभिन्न परियोजनाका लागि छुट्याएको वजेटको बारेमा पनि छलफल भएको बताइएको छ ।

भारतले जारी गरेको बजेटमा नेपालका लागि १५ अर्ब ८७ करोड रुपैयाँ छुट्टयाइएको छ । त्यो बजेट कसरी कुन–कुन शीर्षकमा खर्च गर्ने त्यस विषयमा दुई जनाबीचमा छलफल भएको भारतीय दूतावास स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्