सरकार विरुद्धको संघर्षमा अब कांग्रेस थप सशक्तका साथ उत्रिने
काठमाडौँ, माघ २१ । नेपाली कांग्रेसले सरकार विरुद्धको संघर्ष थप सशक्त गर्ने भएको छ ।संवैधानिक निकायमा भएको नियुक्ति र शपथले सरकार ‘सर्वसत्ताउन्मुख’ भएको ठहर गर्दै कांग्रेसले संघर्षका कार्यक्रम थप सशक्त बनाउने भएको हो ।
‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ताउन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, संवैधानिक परिषद्को बैठक र बुधबारको शपथग्रहणप्रति कांग्रेसले झन कडा रुपमा प्रस्तुत हुने तयारी गरेको हो ।
गएको मंसिर ३० मा बसेको संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस अनुसार बुधबार विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ३२ जना पदाधिकारीले शपथ लिएका थिए।
संसदीय सुनुवाइ नै नगरी सिफारिस गरेको ४५ दिन पुगेको आधार बनाई शपथ गराइएको थियो। यसको विरोधमा नेकपा प्रचण्ड नेपाल समुहले पनि भोली नेपाल बन्दको घोषणा गरेको छ ।















प्रतिक्रिया दिनुहोस्