कोरोनाविरुद्ध खोप अभियान : ८ दिनमा लगाए १ लाख ४५ हजारले खोप

काठमाडौँ , माघ २१ । आज कोरोनाविरुद्धको खोप अभियानको आठ दिन १ अहिलेसम्म देशभर एक लाख ४५ हजारभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल १ लाख ४५ हजार ८४४ जनाले खोप लगाएको जनाकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आठ दिनसम्म प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, बागमती प्रदेशमा ५० हजार ७५०, गण्डकी प्रदेशमा १६ हजार ४९५, लुम्बिनी प्रदेशमा २१ हजार ४५४, कर्णाली प्रदेशमा ७ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा १० हजार १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

गत बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

साथै डा गौतमले अबका तीन दिनभित्र पहिलो चरणको खोप अभियान पूरा गरिने समेत जनाकारी दिएका छन् । उनकाअनुसार दुर्गममा रहेका स्वास्थ्यकर्मी, अन्तराष्ट्रिय नाकामा रहेका कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई अबको तीन दिनभित्र खोप लगाइने भएको छ ।

लक्षित समूहका व्यक्तिले शनिबारसम्म खोप लगाउन छुटेको भए सम्बन्धित कार्यालयको सिफरिस पत्र र स्वास्थ्यकर्मीको हकमा परिषद्को दर्ता प्रमाणपत्र सहित जिल्ला स्वास्थ्य कार्यालयमा पुगेर खोप लगाउन सकिने भएको छ ।

पहिलो चरणमा खोप लगाउन छुटेका लक्षित समूहका व्यक्तिपछि उमेर समूह अनुसारको पालो अनुसार खोप सेवा लिन सकिने गौतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्