अख्तियारका आयुक्त जोशीले दिए राजीनामा
काठमाडौं, माघ २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयुक्त जोशीले बुधबार राजीनामा दिएका हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आजैदेखि लागू हुने गरी नेपालको संविधानको धारा २३८ को उपधारा ४ को खण्ड कबमोजिम राजीनामा दिएको बताएका छन् ।
जोशीले यसअघि नविन घिमिरेको अवकाशसँगै आयोगमा कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका थिए। यता आजैमात्रै अख्तियार प्रमुख आयुक्तमा प्रेमकुमार राईले शपथग्रहण गरेका छन् ।
उनले आजै नै पदभार सम्हालिसकेका छन् । विवादका बीच प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन जोशीले राजीनामा दिएका हुन् ।















प्रतिक्रिया दिनुहोस्