एनएमबि बैंकले ल्यायो अन्तर्राष्ट्रिय विमानस्थलमा एटीएम सञ्चालनमा

काठमाडौं , माघ २१ । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एटीएम संचालनमा ल्याएको छ । बैकले विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याएको हो ।

बैंकले यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउन १३६ औं एटीएम खोलेको हो । आ एटीएम संचालन ल्याएसँगै अब यात्रु तथा कर्मचारीलाई भने सहज हुने भएको छ ।

यसअघि आन्तरिक उडानस्थलको यात्रु प्रस्थानस्थलमा बैंकको एटीएम सञ्चालनमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्