जनमुक्ति सेनाको विशेष पार्टी कमिटी बनाउने प्रचण्डको घोषणा, भने- संवैधानिक आयोगमा नियुक्ति गरेर ओलीले गर्नै नहुने काम गरे
काठमाडौं, माघ २१ । जनमुक्ति सेनाको विशेष पार्टी बनाउने प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका छन्।
बुधबार राजधानीमा आयोजित बहिर्गमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।अध्यक्ष प्रचण्डले बहिर्गमित, स्वेच्छिक अवकाश लिएका लगातका सबै पूर्व जनमुक्ति सेनाहरुलाई समेटेर विशेष पार्टी कमिटी बनाउने बताए ।
साथै उनले पहिलोपटक आफू प्रधानमन्त्री भएका बेला घाइते, अपांगता भएका जनमुक्ति सेनालाई राहात प्याकेज ल्याएको समेत बताए । उनले पूर्व जनमुक्ति सेनालाई लिएर आफू एकदमै चिन्तित रहेको उनको भनाइ रहेको थियो ।
प्रधानमन्त्री ओलीले जनमुक्ति सेनालाई, जनयुद्धलाई १०/२० लाखमा खरिद गर्ने प्रयास गरिरहेको आरोप समेत उनले आरोप लगाए । ओलीले पूर्व जनमुक्ति सेनालाई माया गरेको नभइ खरिद बिक्री गरेर सिध्याउन खोजेको पनि उनले बताए ।
यसैबीच उनले कार्यक्रममा प्रचण्डले संवैधानिक आयोगमा नियुक्ति गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने नहुने काम गरेको पनि बताएका छन् ।सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले असंवैधानिक रुपमा सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारीलाई सपथ गराएर गर्ने नहुने काम गरेको बताएका हुन्।
उनले अहिले सरकारले जे मन लाग्यो त्यही गर्न लागेको र ओलीको नेतृत्वमा जंगली राज चलेको पनि बताए।















प्रतिक्रिया दिनुहोस्