प्रचण्ड- नेपाल समुहद्वारा भोली देशभरी आम हड्तालको घोषण

काठमाडौँ, माघ २१ । संवैधानिक आयोगका पदाधिकारीको सपथ र नियुक्ति विषयलाई लीएर अहिले प्रचण्ड नेपाल समुह रुष्ट भएको छ । यसको विरुद्दमा भोली दशैभर आमहड्तालको घोषणा पनि गरेको छ । सरकारले संवैधानिक निकायहरुका गरेको असंवैधानिक नियुक्तिको विरुद्ध बाध्यात्मक आमहड्ताल गर्नु परेको बताएको छ ।

आमहड्ताल शान्तिपूर्ण हुनेछ । अस्पताल, एम्बुलेन्स लगायत अत्यावश्यक सेवाबाहेक सबै बन्द रहनेछ । संवैधानिक आयोगका पदाधिकारीको सपथ र नियुक्ति संविधानमाथिको प्रहार भएको उनीहरुले औंल्याएका छन् ।

यता नेकपा (प्रचण्ड—माधव) समूहका नेता तथा आन्दोलन परिचालन कमिटीका संयोजक नारायणकाजी श्रेष्ठले वर्तमान सरकार जंगलराज, गुन्डाराज र फासिवादतर्फअघि बढेको आरोप लगाएका छन् ।

बुधबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले यस्तो बताएका हुन् ।उनले सरकारले जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलव्धि उल्टाउने, संविधान र लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रमा लागेको आरोप पनि लगाए ।

सरकारले संवैधानिक निकायहरुमा गरेको नियुक्तिको विरोधमा बिहीबार आयोजना हुने आमहड्तालबारे जाननकारी दिन उनले संवैधानिक निकायमा असंवैधानिक नियुक्ति गरेर सरकारले जोरजबरजस्ती र निरंकुशतन्त्रको पराकाष्ठा नाघेको आरोप लगाए ।

सरकारले फासिवाद लाद्ने र गुन्डाराज लाद्ने नाङ्गो काम गरेको उनको भनाइ रहेको छ ।श्रेष्ठले आफ्नो पार्टीले बिहीबार आयोजना गर्ने आमहड्ताल र शुक्रबार सरकारले गर्ने सभाबीच कुन साइनो नरहेको पनि प्रस्ट पारेका छन् ।

यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिको आमहड्तालअघि आज साँझ मसाल जुलुस हुने जानकारी पनि दिए ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्तिलाई सभामुखलाई समेत आमन्त्रण नगरी बलमिच्याँई ढंगले सपथग्रहण गराउनु अवैधानिक भएको दाहाल(नेपाल समूहको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्