संवैधानिक आयोगमा नियुक्ति आपत्तिजनक र लोकतन्त्रमाथि प्रहार : नेता रावल
काठमाडौं, माघ २१ । नेकपा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले संसदीय प्रक्रियाको सुनुवाई नै नगरी संवैधानिक आयोगका पदाधिकारीको सपथ र नियुक्ति संविधानमाथिको प्रहार भएको औंल्याएका छन् ।
उनले सर्वोच्च अदालतमा मुद्दा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराएकोप्रति आपत्ति समेत जनाएका छन् । उनले यस्तो आपत्ति जनाउँदै ‘स्वेच्छाचारी कार्य’ को संज्ञा दिएका छन्।
काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने काम गरेको भन्दै रावलले निन्दा समेत गरेका छन् ।
संवैधानिक आयोगका पदाधिकारीको सपथ र नियुक्ति विषयलाई लीएर अहिले प्रचण्ड नेपाल समुह रुष्ट भएको छ भने भोली आमहड्तालको घोषणा पनि गरेको छ ।















प्रतिक्रिया दिनुहोस्