ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा
काठमाडौं, माघ २१ । ग्लोबल आइएमई बैंकले थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलबार थप ३ वटा नयाँ शाखा विस्तार गरि सञ्चालनमा ल्याएको हो ।
बैंकले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५, झुम्का, दाङ जिल्लाको लमही नगरपालिका ५, लमही र पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका ६, छिप्रिदहमा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको बताएको छ ।
तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या अब २६७ पुगेको छ ।
त्यस्तै बैंकले ४७ एक्स्टेन्सन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा तथा २४० एटीएम र तीन अन्तर्राष्टिय सम्पर्क कार्यालयमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकमा हाल २१ लाख बढी ग्राहक रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्