नेता सिंह भन्छन -संविधान मिचेर गरिएको नियुक्ति र सपथ असंवैधानिक
काठमाडौं , माघ २१ । नेपाली काँगेसका नेता प्रकाशमान सिंहले संवैधानिक परिषदहरुमा गरिएको नियुक्ति असंवैधानिक भएको टिप्पणी गरेका छन् ।
आफ्नो सामाजिक सञ्जालमा यस्तो लेख्दै भनेका छन् -संवैधानिक परिषदको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसहितको कोरम नपुगेको बैठकले गरेको सिफारिस नै असंवैधानिक छ ।
संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरेको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित म नै संविधान हूँ भन्ने दम्भ उजागर भएको उनको आरोप रहेको छ ।
संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुने भन्दै उनले लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरु सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको बताए ।
अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित रहेको उनको भनाइ रहेको थियो ।सिंहले सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सिफारिस, नियुक्ति, विचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको समेत उल्लेख गरे ।
सामाजिक सञ्जालमा लेख्दै सिंहले अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत रहेको पनि उनले बताएका छन् ।
यता संवैधानिक परिषदका अध्यक्ष तथा सदस्य नियुक्ति गर्दा सभामुख अग्नि सापकोटा तथा विपक्षी दलका नेता शेर बहादुर देउवासमेत सहभागी भएका थिएनन् । यसकै विरोधमा प्रचण्ड नेपाल समुहले भोली नेपाल बन्दको घोषणा समेत गरिससकको छ ।















प्रतिक्रिया दिनुहोस्