नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं, माघ २१ । नेपाल इन्भेष्टमेन्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ २१ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा कर्जाको ब्याजदर निश्चित गरेको छ । त्यस्तै मुद्दति निक्षेपको ब्याजदर ७ प्रतिशत कायम गरेको छ ।

बैंकका अनुसार १ वर्षको एसएमई लोनमा ९.९९ प्रतिशत र ७ वर्षसम्मका लागि १०.५० तथा १० वर्षसम्मका लागि ११.५० प्रतिशत ब्याजदर लाग्ने छ ।

यता सुन चाँदी धितो कर्जामा ९.९९ प्रतिशत, ग्रोइङ इन्टरप्राइज लोनमा ७.९९ प्रतिशत, कृषि लोनमा ८.९९ प्रतिशत ब्याज लाग्ने छ ।त्यस्तै हायर पर्चेज लोनमा ८.९९ र रिटेल लोनमा ७ वर्षसम्मका लागि ८.९९ वर्षसम्मका लागि १३ प्रतिशत ब्याज लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्