रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग, गृहमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

काठमाडौं, माघ २१ । पुष्पकमल दाहाल प्रचण्ड पक्षको नेकपा समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति भण्डारीमाथि असभ्य टिप्पणी गरेपछि यति बेला उनको चौतर्फी विरोध भइरहेको छ ।

राष्ट्रपति एउटा संस्था भएको भन्दै राष्ट्रपतिमाथि व्यक्तिगत प्रहार गर्नु उचित नहुने कतिपयको भनाइ रहेको छ । राष्ट्रपति भण्डारीमाथि असभ्य टिप्पणी गरेपछि उनको अहिले महिलाहरुले नै चर्को विरोध गरिरहेका छन् । यसैबीच नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ९अनेमसंघ०ले झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

कारबाही गर्न माग गर्दै बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र समेत बुझाएको छ । ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाहि गर्न माग गरिएको छ ।

ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरि व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पु(याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ ।

अनेम संघकि नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्था माथि नै अपमानजनक ब्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताइन् ।गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनीय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएको नेतृ शाक्यले जानकारी दिइन् ।

यता ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले राष्ट्रपतिमाथि अशोभनीय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बताएको नेतृ शाक्यले जानकारी दिएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्