ओली समुहले ‘विशाल जनसभा’ आयोजना गरेको अघिल्लो दिन नै प्रचण्ड-नेपाल पक्षले गर्यो आम हड्ताल गर्ने घोषणा

काठमाडौँ , काठमाडौं, माघ २१ । पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल तेस्रो चरणको आन्दोलनमा छ ।

आन्दोलनकै बिचमा आज संवैधानिक निकायका नियुक्त भएका पदाधिकारीले  शपथ लिएका छ्न । राष्ट्रपति कार्यालय शीतल निवासमा विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीले शपथ लिएका हुन् ।

संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ बढि सरकारविरुद्ध रूष्ट भएको छ । यसका विरुद्ध यो समुहले विहिबार आम हड्ताल गर्ने भएको छ ।

संबैधानिक आयोगहरुमा विवादस्पद रुपमा नियुक्ति र शपथ गरिएको उनीहरुको भनाइ रहेको छ । यस विषयमा असहमति व्यक्त गर्दै प्रचण्ड-नेपाल पक्षले विहिबार आन्दोलन गर्ने भएको हो ।
प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेर मुलुकमा विधिको शासनलाई चुनौती दिइएकाले बिहीबार आमहड्तालको आयोजना गरिएको उनीहरुले बताएका छन् ।

यस विषयमा थप कार्यक्रम साँझ पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने उक्त समुहले जनाएको छ । आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने पनि यो समहुले बताएको छ ।

प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौँमा ‘विशाल जनसभा’ आयोजना गरेको अघिल्लो दिन दाहाल–नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो । ओली समुहको आमहड्तालमा यसको के कति प्रभाव पर्छ होला अब त्यो भोली नै थाहा होला ।

प्रतिक्रिया दिनुहोस्