संवैधानिक निकायका पदाधिकारीले लिए शपथ , उपराष्ट्रपति र सभामुखद्वारा समारोह बहिष्कार

काठमाडौँ, माघ २१ । संसदीय सुनुवाइ बिना नै संवैधानिक निकायका नियुक्त भएका पदाधिकारीले आज शपथ लिएका छ्न ।

राष्ट्रपति कार्यालय शीतल निवासमा विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीले शपथ लिएका हुन् । संवैधानिक निकायमा नियुक्त भएका प्रमुखले प्रधानन्याायधीश चोलेन्द्र शम्सेर राणाबाट शपथ लिएका छन । अन्य सदस्यलाई भने प्रमुखले शपथ खुवाएका छन्।

संवैधानिक परिषदले सिफारिस गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र आयुक्तहरुमा जयबहादुर चन्द र किशोर सिलवालले शपथ लिएका हुन् ।

त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर तथा सदस्यहरुमा मनोज दुवाडी, डा। सूर्य ढुंगेल, लिली थापा, मिही ठाकुरले शपथ लिएका हुन् ।

त्यसैगरि निर्वाचन आयोगमा आयुक्तहरु रामप्रसाद भण्डारी, डा। जानकी तुलाधरले शपथ लिएका हुन् । वित्त आयोगमा जुद्ध गुरुङ र अमरराज मिश्रले शपथ लिएका हुन् । त्यसैगरि महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली र सदस्यहरुमा कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हाले सपथ लिएका छन् ।

दलित आयोगको अध्यक्षमा देवराज विक र सदस्यमा मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली, मेहेले पार्कीले शपथ लिएका हुन् ।त्यस्तै समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री, सदस्यहरू रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पासवानले शपथ लिएका छन् ।

आदिवासी आयोगको अध्यक्षमा रामबहादुर थापा, सदस्यहरूमा मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना र चरण राईले शपथ लिएका छन् । मधेसी आयोगका सदस्यहरूमा जिवच्छ साह, रेणुदेवी साह, विजय गुप्ताले शपथ लिएका छन् ।

त्यस्तै थारू आयोगको सदस्यहरूमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारू, भोलाराम चौधरीले शपथ लिएका छन् । त्यसैगरि मुस्लिम आयोगको सदस्यमा महमुद्दिम अली र मिर्जा अर्सद बेगले शपथ लिएका छन् ।शपथ कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागीता रहको थियो ।

यसैबीच नेकपा विभाजनको असर संवैधानिक निकायका पदाधिकारीहरूको शपथ समारोहमा देखा परेको छ ।
तत्कालीन माओवादीबाट प्रतिनिधित्व गर्दै उपराष्ट्रपति बनेका नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदका पदाधिकारीको शपथग्रहण समारोह बहिष्कार गरेका छन् ।

आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजित शपथग्रहण समारोहमा उपराष्ट्रपति पुन र सभाभुख सापकोटा सहभागी भएनन् ।

 

प्रतिक्रिया दिनुहोस्