अजोड इन्स्योरेन्स र रमिगहोल्डिङस बीच सामुहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता

काठमाडौं, माघ २० । अजोड इन्स्योरेन्स लिमिटेड र मिगहोल्डिङस लिमिटेड बीच सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ ।

मंगलबार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिगहोल्डिङस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको छ ।

सहमति संगै अब अजोड इन्स्योरेन्स लिमिटेडबाट मिगहोल्डिङस लिमिटेडका सम्पूर्ण कर्मचारीहरु तथा लगानी कर्ताहरुले सामुहिक दुर्घटना बीमा सम्वन्धी सेवा सुविधा अजोड इन्स्योरेन्स लिमिटेड बाट लिन सकिने मिगहोल्डिङस लिमिटेडले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्