नेकपा विभाजनको विवाद निरुपण नभई चुनाव हुन सक्दैन : वरिष्ठ नेता खनाल
काठमाडौं, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्रको विवाद निरुपण नभएसम्म चुनाव हुन नसक्ने बताएका छन् ।
निर्वाचन आयोगमा आज (मंगलबार) आधिकारिकता दावीको पत्र बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् ।उनले दल ऐन, तथ्य र प्रमाण हेरेर आयोगले आफूहरुलाई आधिकारिकता दिनेमा शतप्रतिशत विश्वस्त रहेको समेत बताए ।
नेकपाको केन्द्रीय कमिटीमा रहेका ४४१ जनामध्ये अत्यधिक बहुमत झण्डै ७० प्रतिशत आफूहरुको (प्रचण्ड–नेपाल समूह) मा रहेको उनले बताए ।उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल दुई अध्यक्ष रहेको पार्टी नै आधिकारिक नेकपा भएको दावी गरेका छन् ।
उनले दलहरु नै निर्वाचनका खेलाडी भएकाले खेलाडीलाई तयारी नगरिकन निर्वाचन नहुने उनको भनाइ छ ।राजनीतिक रुपमा नेकपा दुई खेमा भएको तर कानुनीरुपमा नफुटेको पनि उनले बताए ।















प्रतिक्रिया दिनुहोस्