खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न प्रधानमन्त्रीको सुझाव , भने- खेलकुद क्षेत्रको बजेट बढ्छ

काठमाडौं, माघ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रका लागि बजेट बढ्ने आश्वासन दिएका छन्। प्रतिष्ठानमा आयोजित खेलकुदसँग प्रधानमन्त्री अन्तक्रिया कार्यक्रममा ओलीले यस्तो आश्वासन दिएका हुन् । उनले कोरोनाका कारणले यस आर्थिक वर्षमा बजेट घटेको पनि जानकारी दिए।

साथै प्रधानमन्त्री ओलीले नेपाली खेलाडीले हार्न नहुने बताउँदै नेपालीको इतिहास हार्ने नभएको पनि उनले बताए । ओलीले जितका लागि अभ्यासलाई माथि उठाउन आवश्यक रहेकोमा जोड दिए । साथै उनले कोरोनाका कारण खेल पछाडि परेको र अब खोप आइसकेकाले खेलक्षेत्र माथि उठ्ने बताए। साथै प्रधानमन्त्री ओलीले खेलाडीको कदर गर्न आफूले नै सुरु गरेको ओलीले दाबी गरे । उनले यो क्रम अझै बढने पनि बताए।

प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न सुझाव दिएका छन् ।ओलीले पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको दृष्टान्त दिदै उनले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिम देखि खेलप्रतियोगिता सम्मका खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिए । उनले गत बर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको भन्दै जुनसुकै खेल पनि पदक पाउने गरि खेल्नुपर्ने बताए ।

सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धीको रुपमा लिएको स्पष्ट पारे । अभ्यासलाई जित्ने तहमा उठाउनु जरुरी रहेको भन्दै उहाँले राम्रो प्रशिक्षक र आधुनिक प्रविधि प्रयोग गर्न सुझाव दिए ।

खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनी चर्चा हुने गरेको प्रसंग उल्लेख गर्दै उनले बिजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको बताए  । हारजीतको ठूलो महत्व रहेको भन्दै उनले नेपाल कहिलेही नहारेको देश रहेकाले खेल पनि जीतका खेल्न आग्रह गरे ।

साथै अर्को प्रशंगमा  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग भएर देश चुनावमा गइसकेको बताएका छन् ।  कार्यक्रममा बोल्दै संसद भंग भएर चुनावमा देश गइसके पनि इगो राख्नेहरु फिर्ता गराउन लागेको उनको भनाइ रहको थियो ।

 

प्रतिक्रिया दिनुहोस्