अफगानिस्तानको राजधानी काबुलमा बम आक्रमण

काठमाडौं, माघ २० । अफगानिस्तानको राजधानी काबुलमा बम आक्रमण भएको छ । मङ्गलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण हुँदा आक्रमणबाट कम्तमिा दुई जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

पहिलो बिस्फोटमा दुई जनाको मृत्यु भएको र अरु २ जना घाइते भएको बताएको छ । सथौ अफगान गृह मन्त्रालयको अर्को सवारी साधनलाई लक्षित गरी भएको विस्फोटमा परेर दुई जना सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

यहाँ हालैका महिनामा सरकारी कर्मचारी, पत्रकार, वकील, अधिकारीकर्मी र सवारी साधनमाथि लक्षित गरी बम आक्रमणहरु नियमित झैं हुने गरेका छन् ।

यी आक्रमणको जिम्मेवारी भने कसैले पनि लिएको छैन । सरकारले यी आक्रमणहरु अफगानिस्तानमा सक्रिय मुख्य विद्रोही समूह तालिबानले गराएको आरोप लगाउँदै आएको छ । – फाइल तस्बिर 

 

 

प्रतिक्रिया दिनुहोस्