अब हिमालयन बैंकको मोबाइल बैंकिङ्गबाट सरकारी राजस्व भुक्तानीे गर्न सकिने

काठमाडौँ, माघ २० । अब हिमालयन बैंकको मोबाइल बैंकिङ्गबाट सरकारी राजस्व भुक्तानीे गर्न सकिने भएको छ । बैकले यो सेवा यही माघ १९ गतेबाट सुरुवात गरेको हो । सेवा शुरु भएसँगै अब बैंकका ग्राहकहरुले सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।

बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)मार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो । यसरी मोबाईल बैंकिङ्गको एनपीआईमार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ ।

बैंकले पहिलेदेखि नै आफ्नो मोबाईल बैंकिङ्ग च्यानलबाट कनेक्ट आईपीएसमार्फत रियल टाइम अन्लाईन फण्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ । यो सेवा सुरु भएसँगै अब एनपीआईमार्फत मोबाईल बैंकिङ्गबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व संकलनको प्रकृयामा ग्राहक एवम् सरकारी पक्ष दुवैलाई सहज हुने विश्वास लिएको छ ।

हिमालयन बैंक वाणिज्य बैंकहरु मध्येमा एक अग्रणी बैंक हो । यसले आफ्ना विभिन्न वैकल्पिक सेवा प्रणाली मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका ७० शाखाहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, १४६ एतिएम तथा ४२००भन्दा बढी पिओएस टर्मिनल सञ्चालनमा रहेका छन् ।

ग्राहकहरुले सम्बन्धित राजस्वको ईबीपी नम्बरका आधारमा कारोबार गर्न सक्नेछन् र सो कारोबार रकम एनपीआईमार्फत सम्बन्धित राजस्व खातामा जम्मा हुनेछ ।

अब अनलाईनमार्फत सरकारी कर तथा राजस्व भुक्तानी कनेक्ट आईपीएसको मोबाइल बैंकिङ्ग एप्स सहित हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट पनि गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्