संवैधानिक नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं, माघ २० । संवैधानिक नियुक्ति रोक्न माग गर्दै सर्वोच अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार संवैधानिक आयोगमा नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्चमा रिट पेश गरेका हुन् ।

निवेदक त्रिपाठीले रिटमा प्रतिषेध,उत्प्रेषण तथा परमादेश लगायत अन्य उपयुक्त आदेशको माग गरेका छन् ।
उनले रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र प्रधानमन्त्री, संवैधानिक परिषद्का अध्यक्ष, सभामुखलाई विपक्षी बनाएका छन् ।

साथै निवेदनमा गत मंसिर ३० गते संवैधानिक परिषद्को बैठक बसेर विभिन्न आयोगहरुमा नियुक्तिका लागि गरेको सिफारिस नियुक्ति रोक्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्