जब १२ बालबालिकालाई पोलियो थोपा भन्दै स्यानिटाइजर खुवाइयो………….
काठमाडौं, माघ २० । भारतमा १२ बालबालिकालाई पोलियो थोपा भन्दै स्यानिटाइजर खुवाइएको फेला परेको छ । भारतको महाराष्ट्र राज्यमा ती बालबालिकालाई पोलियो थोपाको स्थानमा कोरोना नियन्त्रणका लागि प्रयोग गरिने ह्यान्ड स्यानिटाइजर खुवाइएको पाइएको हो ।
यो लापरवाहीको घटना महाराष्ट्रको यवतमल जिल्लाको रहेको टाइम्स अफ इन्डियामा समाचार प्रकाशित छ । आइतबार १२ बालबालिकालाई पोलियो थोपा भन्दै ह्यान्ड स्यानिटाइजर खुवाइएको हो।
जब बालबालिकालाई स्यानिटाइजर खुवाइएको थियो उनीहरुले वान्ता गरेका थिए। त्यसपछि उनीहरु बिरामी परे र सबैलाई अस्पताल भर्ना गरिएको थियो।हाल सबैको अवस्था सामान्य बनिसकेको पनि जानकारी दिइएको छ।
बालबालिकाका अभिभावकका अनुसार पोलियो थोपा खुवाउने कार्यमा खटेका अधिकारीहरुले यो घटना लुकाउन खोजेका थिए। तर यता अस्पतालले स्यानिटाइजर नै खुवाइएको पुष्टि गरेको छ। हाल प्रहरीले यस विषयमा अनुसन्धान थालेको बताइएको छ। ती सबै बालबालिका काप्सी कोप्रि गाउँको भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्