आधिकारिकता दाबि गर्न निर्वाचन आयोग पुग्यो प्रचण्ड र नेपाल समुह
काठमाडौँ , माघ २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । आयोगमा पुगेर उनीहरुले निर्वाचन पार्टीको आधिकारिकता दाबी गरेका छन् ।
संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको यो समुहको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले निर्णय गरेअनुसार आज निर्वाचन आयोगमा पुगेका हुन् ।राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आयोगमा वैधानिकताको दाबी पेस गरेको नेता लीलामणि पोखरेलले जानकारी दिए।साविकको ४४१ केन्द्रीय सदस्यमा बहुमत २७५ सदस्य आफ्नो पक्षमा रहेको हस्ताक्षरसहित आधिकारिकता पेस गरिएको उनले बताए ।
दुवै अध्यक्षसहित बर्षामान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु आयोग पुगेका छन् । प्रचण्ड(नेपाल पक्षले ४४१ जना केन्द्रीय सदस्य रहेको नेकपामा दुई तिहाई सदस्य आफु पक्षमा रहेको दाबि गर्दै आएका छन् ।
यता निर्वाचन आयोगमा अहिले सम्म नेकपाका दुवै पक्षले आफ्नो आधिकारिकता दाबि नगरेको भन्दै आयोगले यस बारेमा कुनै निर्णय नगरेपछि आज प्रचण्ड-नेपाल पक्षले आधिकारिकता पनि दाबि गर्दै छ ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भए पनि त्यसले अहिलेसम्म बैधता पाउन सकेको छैन ।
विवादको अहिले सम्म कुनै टुंगो लागेको छैन भने उता निर्वाचन आयोग भने निर्वाचनको तयारीमा जुटिसकेको छ । तर पुर्व आयुक्तहरुले समस्याको सामाधान नभएसम्म अगाडि नबढ्न सुझाव दिएका छन् ।















प्रतिक्रिया दिनुहोस्