बैतडी विद्युत् वितरण केन्द्रमा आगलागी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीमा आगलागी भएको छ ।

एघार केभी प्रशारण लाइनको इन्कमिङ फिडरमा गए राति आगलागी भएको स्रोतले जानकारी दियो । आगलागी विद्युत चुहिएर भएको हो ।
तेत्तीस केभी प्रसारण लाइनलाई ११ केभीमा स्थानान्तरण गर्ने यन्त्र आगलागीका कारण नष्ट भएको छ । फिडरमा आगलागी भएसँगै नेपालबाट प्रसारण हुने विद्युत् सेवा अवरुद्ध भएको छ ।
अहिले भारतबाट आउने विद्युत् प्रसारण भइरहेको र भारतबाट आयातीत विद्युत्ले भार धान्न नसक्ने भएकाले साँझमा विद्युत्भार कटौती हुने जानकारी स्रोतले जानकारी दियो ।
साँझ ६ः०० बजेदेखि राति ११ः०० बजेसम्म विद्युत्भार कटौती हुने बताइएको छ । बिग्रेको लाइन बनाउनका लागि नेपालगञ्जबाट प्राविधिक आउन झण्डै एक साता लाग्ने बाताइएको छ ।

प्रतिक्रिया दिनुहोस्