यहि महिना मै दुई कम्पनीको आईपीओ निष्कासन हुँदै

काठमाडौं, २० माघ । सबै भन्दा ठूलो कम्पनीको साधारण शेयर (आइपिओ)जारी गरेको केदि दिन नहुेँदै माघ महिनामा नै दुई कम्पनीको साधारण सेयर ९आईपीओ० निष्कासन गर्दै छ । जलविद्युत कम्पनी र लघुवित्त वित्तीय संस्थाको आईपीओ माघ महिनामा नै निष्कासन गर्ने भएको हो ।
आगामी यहि २८ माघदेखि महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्दैछ । संस्थाले प्रति सेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।
कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धका लागि नेपाल एसबीआई मर्चेण्ट बैकिङ्गलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
दुवै कम्पनीको न्युनतम १० कित्तादेखि आवेदन दिन सकिने छ । पछिल्लो समय आईपीओ आवेदन दिनेहरुको संख्या निकै बढेकाले १० कित्ता भागमा पर्न पनि गोला प्रथाकै भर पर्नु पर्ने पक्का छ ।
त्यस्तै शुक्रबारदेखि ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्दैछ भने २८ माघदेखि महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्दैछ । यो सर्वसाधारणका लागि खुशिको कुरो हो ।
ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर निष्कासन गर्न लागेको छ । उक्त सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडलले पाएको छ ।

उक्त सेयर निष्कासन गर्न लागिरहेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारण सेयरको निष्कासन गर्नका लागि केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर९एनपी बी प्लस ९आईएस० रेटिङ्ग प्रदान गरेको छ । यस साधारण सेयरको बिक्रीको लागि आगामी २३ गतेदेखि २७ गतेसम्म खुल्ला रहेनेछ ।

आफ्नो उद्देश्य बमोजिम हाल यस कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजनाबाट विजुली उत्पादन गर्ने उद्देश्यसहित २०७८ वैशाखदेखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिद बिक्री सम्झौता गरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्