म्यानमारमाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी
काठमाडौं, माघ २० । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सैनिक कू भएको म्यानमारमाथि फेरि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
म्यानमारको सेनाले नागरिक सरकारलाई अपदस्त गरेर राष्ट्रपतिसहित नेताहरूलाई नियन्त्रण लिएपछि अमेरिकाको उक्त चेतावनी आएको हो । राष्ट्रपति बाइडेनले यसअघि हटाइएका प्रतिबन्धहरू फेरि लगाउने चेतावनी दिएका हुन्।
सैनिक कूको भत्सर्ना गर्दै बाइडेन नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीसहितका नेताहरूलाई पक्राउ गर्नु म्यानमारको प्रजातान्त्रिक रूपान्तरण र कानुनको शासनमाथिको प्रहार भएको टिप्पणी गरेका छन् ।
उनले सैनिक कूको विरोध गर्न र नेतृ सुकीसहित हिरासतमा रहेका नेताहरूको रिहाइका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्