प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विपक्षीको बहस सुरु, महान्यायाधिवक्ताको बहस

काठमाडौं, १९ माघ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ सुरु भएको छ । संवैधानिक इजलसमा सोमबारबाट विपक्षीको बहस सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका छन् ।

बहसका क्रममा खरेलले वर्तमान सरकार संविधानको धारा ७६, ९१० अनुसारकै भएको जिकिर गर्दैे बहस गरेका छन् ।

निवेदकले ७६, ९१० को सरकार भने पनि बहसका क्रममा त्यस विपरित धारणा आएको भन्दै उनले ७६९२० बमोजिमको सरकार हो भने दुई दलहरू कुन हुन् भन्ने प्रश्न गरे ।
महान्यायाधिवक्ता खरेलले यो प्रश्नको जवाफ नदिई बहस अघि बढाएका छन् ।

उनलाई न्यायाधीश अनिल सिन्हाले भने पार्टी एकीकरण नहुँदै प्रधानमन्त्री कसरी बहुमतप्राप्त दलको नेता भए भनेर प्रश्न गरेका छन् । २०७५ जेठ ३ मा नेकपा एकीकरण भएको र ५ मा संसदीय दलको नेता चयन भएको भएको भन्दै उनले प्रश्न गरे, उहाँले राष्ट्रपतिलाई पठाएको मन्त्रिपरिषद निर्णय नम्बर १ मा आफू बहुमतप्राप्त पार्टीको संसदीय दलको नेता भन्नुभएको छ । जुन मितिमा पार्टी एकीकरण भएकै थिएन, त्यो बेला बहुमत प्राप्त संसदीय दलको नेता कसरी हुनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्