सेनाद्वारा म्यानमारकी राष्ट्रपति आङ सान सूची गिरफ्तार
काठमाडौं , माघ १९ । म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूची पक्राउ परेकी छन् । एनएलडीका प्रवक्ताले उनी पक्राउ परेको जानकारी दिएका छन् ।
सेनाले सत्ता हत्याउने आशंकाबीच सरकार र सेनाबीच तनाव बढिरहेका बेला नेतृ सूचीलाई पक्राउ गरिएको हो । गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी) ले बहुमत हासिल गरेको छ । सेनाले भने सो निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।
सोमबार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आग्रह गरिरहेको छ ।
एनएलडीका प्रवक्ता म्यो न्यूनले नेतृ सूची र राष्ट्रपति वुइन मीयनसहित केही नेताहरूलाई पक्राउ गरेर लगेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्