मुक्तिनाथ विकास बैंकले गर्यो चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट –पे’सँग साझेदारी

काठमाडौँ, माघ १८ । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न छिमेकी मुलुक चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट –पे’सँग साझेदारी गरेको छ ।

सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता पछि वीच्याट –पे मोवाईल वालेट प्रयोगकर्ताहरुले मुक्तिनाथ बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

चीनमा लोकप्रिय रहेको वीच्याट –पे मार्फत नेपाल भ्रमण गर्ने चिनिया पर्यटक वा व्यापारीहरुले विभिन्न सामाग्री तथा सेवा खरिदको लागि वीच्याट –पे मार्फत भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्