एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको संचालक समितिमा स्वतन्त्र संचालक नियुक्त

काठमाडौं , माघ १८ । एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको १०२औं संचालक समितिको बैठकबाट स्वतन्त्र संचालकको पदमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ ।

संस्थाले चार्टर्ड एकाउन्टेन्ट सन्जु अधिकारीलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । बैंक तथा वित्तीय संस्थाको कार्यअनुभव भएकी अधिकारीलाई चयन गरिएको संचालक समितिका अध्यक्ष कपिल ढकालले जानकारी दिए ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको संस्था हो ।

प्रतिक्रिया दिनुहोस्