सभामुखले फिर्ता पठाए अख्तियारसहित संवैधानिक आयोगका पदाधिकारीको सिफारिस
काठमाडौं, माघ १८ । सभामुख अग्नि सापकोटाले अख्तियारसहित विभिन्न आयोगमा सिफारिस भएका ४९ जना संवैधानिक आयोगका पदाधिकारीको सिफारिस दर्ता नगरी फिर्ता पठाएका छन्।
नयाँ अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक गरी विभिन्न संवैधानिक आयोगमा सिफारिस भएका पदाधिकारीलाई सभामुख सापकोटाले संसद् सचिवालयमा दर्ता नगरी फिर्ता पठाएका हुन्।
प्रतिनिधि सभा विघटन भएकाले संसदीय सुनुवाइ समिति नभएकाले सुनवाइ हुन नसक्ने भन्दै सापकोटाले सिफारिस फिर्ता पठाएको उल्लेख गरेका छन्।
संवैधानिक परिषद्लाई पत्र लेख्दै सभामुख सापकोटाले संसदीय सुनुवाइ संवैधानिक व्यवस्था भएको तर पुस ५ मा प्रतिनिधि सभा विघटन भएकाले प्रक्रिया पूरा हुन नसक्ने भन्दै फिर्ता पठाएका हुन्।















प्रतिक्रिया दिनुहोस्